काठमाडौं, ४ पुष । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले रास्वपा विस्थापित हुने बाटोमा रहेको टिप्पणी गरेका छन् । पछिल्लो दुई महिनादेखि रास्वपाका सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् ।
उनलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान गरेर प्रहरीले मुद्दा दायरको अन्तिम तयारी गरेको छ । लामिछाने हिरासतमा रहेको तस्विर बाहिरिएपछि कतिपयले उक्त तस्विर फेक भनिरहेका छन् ।
पोख्रेलले लेखेका छन्–‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डावाट राजनीतिमा उदायकाहरु त्यसकै चरम दुरुपयोगवाट विस्थापित हुने वाटोमा अग्रसर देखिन्छन् ।अति सर्वत्र वर्जयेत् ।’