Logo

प्रधानमन्त्री ओलीसँग मेरो भेट भएको छैन्, हिजो म बालुवाटार गएकै छैन : रामहरि खतिवडा



काठमाडौं, ४ पुष । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता नगरेको स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीजीसँग मेरो यो विषयमा भेटघाट भएको छैन् । तपाईंलाई कसले के सुनायो ? म हिजो बालुवाटार गएको छैन् । भिडिओ रेकर्ड होला नि, सिसिटिभी देखाउनुहोस । म गएकै छैन, अनि कसरी गएको भन्नु त ?’

प्रधानमन्त्री ओलीले राज्य व्यवस्था समितिका सत्तापक्षीय सांसदलाई आज विहान बालुवाटार बोलाएको विषय हिजै बाहिरिएपछि खतिवडाको यस्तो प्रतिक्रिया आएको हो । आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले बाहिर आएको हल्लामा आफूहरुलाई विश्वास नभएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्