Logo

मन्त्री राणा नयाँ दिल्लीमा, हाई–लेभल भेटवार्ताको सम्भावना न्यून



काठमाडौं, ४ पुष । परराष्ट्रमन्त्री डा. आरजु राणा यतिवेला भारतको नयाँ दिल्लीमा छिन् । उनी साताव्यापी लामो युरोप भ्रमणको क्रममै जर्मनको बर्लिनबाट सोझै नयाँ दिल्ली ओर्लिएकी हुन् । उनी आज विहान नयाँ दिल्ली ओर्लिएकी मन्त्री राणाको भारतीय अधिकारीहरुसँगको भेटवार्ता अहिलेसम्म तय भएको छैन् ।

तर, उनको भारत बसाईमा उच्चस्तरीय भेटवार्ताको लागि गृहकार्य गरिएको चर्चा छ । भारतयि विदेशमन्त्री डा. एश जयशंकरसमेत चीन भ्रमणमा जाने बुझिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाकार अजित दोभल यतिवेला बेईजिङमा छन् ।



प्रतिक्रिया दिनुहोस्