काठमाडौं, ४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा सदस्य वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । वामदेवलाई आफ्नो पार्टीमा भित्र्याउनेगरि नेपालले आज निर्णायक छलफल गरेका हुन् ।
गौतमलाई भेट्नकोलागि पूर्व प्रधानमन्त्री नेपाल आज गौतम निवास भैंसेपाटी पुगेका थिए । उनीहरुबीच लामै छलफल भएको जनाईएको छ । वामदेव एकीकृत समाजवादीमा प्रवेश गर्न आँतुर छन् । उनलाई एमालेले पनि पार्टी प्रवेशको लागि प्रस्ताव पठाएको चर्चा छ । file photo