काठमाडौं, ५ पुष । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूले तत्काल नेपालमा महिला प्रधानमन्त्री बन्ने सम्भावना नदेखेको बताएका छन् । हिजो (बिहीबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई मुख्यसचिव बनाएँ भनेर भनेको कुरामा टिप्पणी गर्दै भने,‘मुख्यसचिव त मेरिटबाट आउनुपर्दथ्यो, तर तीन वर्षको लागि बनाउनुपर्दथ्यो नि ।’
उनले नेपालमा महिला प्रधानमन्त्री बन्लाजस्तो आफूलाई नलगाएको स्पष्ट पारे । आरजुबारे सोधिएको प्रश्नमा उनले अघि थपे–‘मैले महिला नै प्रधानमन्त्री हुने देखेकै छैन् । आरजु राणा नेपालको प्रधानमन्त्री बन्दैन, बाँकी कुन देशको बन्छ मलाई थाहा छैन् ।’