काठमाडौं, ९ पुष । नेपालस्थित् अमेरिकी दूतावासले मानव बेचविखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको असामयिक निधनको खबरले दुखित भएको जनाएको छ । दूतावासको फेशबुक पेजमा लेखिएको छ-
मानव बेचबिखन विरुद्धको संघर्षमा साहसिक लडाईं लड्दै आफूलाई एक पीडितबाट विश्वभरि एक मानव बेचबिखन विरुद्दको अभियन्ता र नेतृका रूपमा रूपान्तरण गर्नुभएकी सुनीता दनुवारको असामयिक निधनको खबरले दुखित भएका छौं। उहाँलाई २०१८ मा अमेरिकी विदेश मन्त्रालयबाट प्रदान गरिएको मानव बेचबिखन विरुद्ध लड्ने हिरोको उपाधि र फर्च्युन म्यागेजिनद्वारा “विश्वका ५० महान नेतृत्वकर्ताहरू“ मा समावेश हुनु उहाँले विश्वव्यापी मानव बेचबिखनविरोधी अभियानमा पु¥याउनुभएको गहन प्रभावको प्रमाण हो।
उहाँको निधनले उहाँको परिवारजन र साथीहरूलाई मात्र नभएर मानव बेचबिखनविरुद्धको अभियान र नेपाली समाजलाई समेत गहिरो क्षति पु¥याएको छ। उहाँले नेपाली समाजको सुरक्षा र कल्याणका लागि समर्पित जीवन जिउनुभएको छ र उहाँको योगदान सधैं स्मरणीय रहनेछ। यस कठिन घडीमा उहाँका परिवारजन र आफन्तजनप्रति हाम्रो गहिरो समवेदना छ।