काठमाडौं, १० पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको सरकारले प्रतिबद्धता जनाएबमोजिम काम गर्न नसकेको टिप्पणी गरेका छन् । सरकार गठन भएको ५ महिना बितिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको स्पिरिटअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।
पार्टीका १०० दिने विशेष अभियानअन्तर्गत इलाम पुगेका महरले त्यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘एमाले नेतृत्वको यो सरकारमा कांग्रेस पनि सहभागी छ । तर कांग्रेसको योजना र घोषणापत्रमा सरकारले कुनै काम गरेको छैन । सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्प्रिड समात्न सकेको छैन, जनतामाझ व्याप्त निराशालाई आशामा परिणत गर्न सरकारले जुन प्रतिबद्धता जनाएको हो, त्यसअनुरुप काम हुन सकेको छैन ।’
पछिल्लो समय कांग्रेस नेताहरुले खासगरी सभापति शेरबहादु देउवानिकट नेताहरुले नै सरकारको आलोचनामा समय खर्चिन थालेका छन् । file photo