काठमाडौं, पुस १४ । दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको हो।
विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ। समाचार अनुसार, १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो। अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ। दुर्घटनाको कारण चरासँग ठोक्किएको हुन सक्ने अनुमान गरिएपनि स्पष्ट छैन ।