काठमाडौं, १५ पुष । परराष्ट्रमन्त्री डा. आरजु राणाले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।
मन्त्री राणाले नेपाल सरकार र नेपाली जनताको तर्फबाट कार्टरको निधनमा दुःख व्यक्त गर्दै कार्टरले शान्ति, लोकतन्त्र र मावनअधिकारको लागि पुर्याएको योगदानको सधैं स्मरण गरिने विश्वास व्यक्त गरेकी छिन् ।
कार्टरको १०० को उमेरमा हिजो (आइतबार) आफ्नै निवासमा निधन भएको हो ।