काठमाडौं, १५ पुष । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले अहिलेको सरकार कसैले चाहेरपनि नढल्ने दाबी गरेका छन् । गृहजिल्ला दाङमा आयोजित एक कार्यक्रममा उनले सरकार निश्चित् उद्देश्य र मिसन बोकेर बनेकोले तत्काल नढल्ने दाबी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच समझदारी कायम रहेसम्म सरकार कसैले ढाल्न नसक्ने टिप्पणी गरेका हुन् ।
उनले भने,‘कसैलाई चित्त नबुझेको आधारमा यो सरकार बदलिन्छ भन्ने कुरा नठान्दा हुन्छ । यी दुई पार्टीको उच्च नेतृत्व अत्यन्त व्यवस्थित् सोचका साथ यो सहकार्यमा प्रवेश गरेका छन् । त्यसकारण तत्काल तलमाथि गर्न सकिन्छ भनेर तलमाथि गर्ने खेलो फड्को काम लाग्दैन् । जबसम्म दुई पार्टीका शीर्ष नेतृत्वमा समझदारी रहेसम्म अरुले खेलोफड्को गर्ने कामको कुनै अर्थ छैन् । प्रमुख नेताबीच असमझदारी उत्पन्न भयो भने कसैले जोगाउन सक्दैन् । समझदारी भएसम्म बाहिरबाट अस्थिरताको धुप बत्ति गर्नुको कुनै अर्थ छैन् । समाचार सुनेर मुख मिठ्याउने गदर्छन्, त्यसो नगर्नको लागि । एउटा निश्चित् मिसनमा बनेको सरकार हो ।’ file photo