Logo

भेनेजुएलाका राष्ट्रपति मादुरोले शुक्रबार नयाँ कार्यकालको सपथ लिँदै



काराकास, २६ पुस । सन् २०१३ देखि सत्तामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले शुक्रबार तेस्रो कार्यकालका लागि सपथ लिने भएको छ ।

बिहीबार काराकासमा सपथ ग्रहणको विरोधमा प्रदर्शनको नेतृत्व गरेकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई ¥यालीपछि केही समयका लागि हिरासतमा लिइएको उनको समूहले जनाएको छ ।

सरकारले उनलाई पक्राउ गरिएको भनी आएका समाचारको खण्डन गरेको छ ।

हालै, अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जुलाई २८ मा भएको निर्वाचनमा मादाडो र एडमण्डो गोन्जालेज उरुटियालाई ‘स्वतन्त्रता सेनानी’को संज्ञा दिएको छ भने उनीहरूको सुरक्षा हुनुपर्ने बताएको छ ।

रिपब्लिकन नेता ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेको छ, “उहाँहरूको सुरक्षा सुनिश्चित हुनुपर्छ।”

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले मादुरो सरकारविरुद्ध अलोकतान्त्रिक कार्यका लागि दण्डात्मक कदम लिँदै उनी र भेनेजुयलाका केही उच्च पदस्थ अधिकारीविरूद्ध प्रतिबन्ध लगाएको थियो ।

ट्रम्पको उत्तराधिकारीका रूपमा आएका जो बाइडेनले यी प्रतिबन्धलाई आंशिक रूपमा हटाएको थियो । यद्यपि, पछि बाइडेनको नेर्ततवमा नै ती प्रतिबन्धलाई पुनः लागू गरिएको थियो । ट्रम्पको अर्को कार्यकालमा यसलाई कडा बनाउन सकिने अनुमान विश्लेषकहरूले गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्