काठमाडौं, २६ पुष । सहकारी ठगी प्रकरणलगायत विभिन्न मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछाने काठमाडौंको लागि पोखराबाट निस्किएका छन् । यसअघि हवाईमार्गबाट काठमाडौं आउने भनिएकोमा अहिले लामिछाने समर्थकहरुको ठूलो डफ्फासहित स्थलमार्ग हुँदै काठमाडौं निस्किएका छन् । लामिछाने आइतबार विहानै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने जनाईएको छ ।
रवि पोखराबाट हिँडेको जानकारी दिँदै उनका सहयोगीसमेत रहेका रास्वपाका नेता दीपक बोहोराले फेशबुकमा लेखेका छन्–‘रवि दाईका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ जाने क्रममा हुनुहुन्छ।सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८ः३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।’ file photo