Logo

सिंहदबारमा प्रचण्ड, माधव र राजेन्द्र लिङ्देनबीच भेटवार्ता



काठमाडौं, २६ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एकाएक राजनीतिक सक्रियता बढाएका छन् । संविधान संशोधनको विषयलाई लिएर कांग्रेस र एमालेबीच खटपट सुरु भएको र नेताहरुले नै सत्ता–सहकार्यको भविष्यबारे टिप्पणी गर्न थालेपछि दाहालको सक्रियता बढेको हो ।

हिजो (बिहीबार) पनि प्रचण्डले माधव नेपालसँग भेट गरेका थिए । हिजोको भेटको विषय संविधान संशोधनको विषयमा विपक्षी दलहरु एकजुट हुने भन्नेबारे थियो भनिएको थियो । र, समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा दुई नेताबीच छलफलभ एको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बेलामा माधव नेपालको सक्रियतामा यी भेटवार्ता भएको बताईन्छ । आजपनि दुई नेताबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित् संसदीय माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठपनि सहभागी थिए ।

उनी बाहिरिएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मिसिएका थिए । आजको भेटवार्तामा नेताहरुबीच भएको कुराकानी खुलाईएको छैन् । तर, सत्ता साझेदार दल कांग्रेस र एमालेमा खटपट पैदा भएको भन्ने हल्लाकै बीचमा यसरी विपक्षी दलका नेताहरु तारन्तार भेट्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्