Logo

कानूनमन्त्री चौरसिया लिएर शितलनिवास पुगे प्रधानमन्त्री ओली, साथमा मुख्यसचिव अर्याल



काठमाडौं, २६ पुष। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

प्रधानमन्त्री ओली आज (शुक्रबार) साँझ शितलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

उक्त भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया र मुख्यसचिव एकनारायण अर्यालपनि साथमा थिए ।

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीचको भेटवार्ताबारे केही खुलाइएको छैन् ।



प्रतिक्रिया दिनुहोस्