काठमाडौं, २७ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका छन । उनले संविधानमै अध्यादेशको व्यवस्था गरिएको उल्लेख गर्दै सरकारले जनसरोकारका कामलाई ध्यानमा राखेर अध्यादेश ल्याएको दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमो छिटो परिणाममुखी काम गर्ने हुटहुटी रहेको पनि उल्लेख गरेका छन् ।
उनले सञ्जालमा लेखेका छन्-
संसदबाट कानुन बनाउन लामो प्रक्रिया लाग्ने भएकाले सरकारले तत्कालै गर्नुपर्ने कामका लागि संविधानमा अध्यादेशको व्यवस्था गरिएको छ । प्रधानमन्त्रीमा छिटो परिणाममुखी काम गर्ने हुटहुटी छ । त्यसैले सरकारले जनसरोकारका काममा छिटो(छरितो सेवा प्रवाह, सुशासनको अनुभूति र आर्थिक गतिविधिमा बढावा दिन अध्यादेश ल्याउने उचित निर्णय गरेको छ । यसका लागि सरकारलाई धन्यवाद दिनुपर्नेमा उल्टै ‘संसद् छल्यो’ भन्नु हद दर्जाको पूर्वाग्रह मात्र हुन्छ । संसद् बैठक बस्नासाथ अध्यादेश पेश हुन्छन् र दीर्घकालीन कानुन बनाउने संसद्को अधिकार सुरक्षित छ । अनावश्यक रोइलो किन रु के यी अध्यादेश गलत छन् ?