Logo

देउवाले दोहोर्याए : म सरकार ढाल्दिनँ



काठमाडौं, २७ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सहकार्य कुनैपनि हालतमा नतोडिने बताएका छन् । आज (शनिबार) आफ्नो निवास बुढानिलकण्ठ आएका आफूनिकट नेताहरुसँगको कुराकानीमा देउवाले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् । सरकार ढल्छ अरे भनेर जिज्ञासा राख्नेहरुमाथि झोक्किँदै देउवाले जवाफ फर्काएका थिए ।

उनको आक्रोश थियो–‘कसले ढाल्छ सरकार ? म ढाल्ने पक्षमा छैन् । अब केपी ओलीको कुरा हो भने उनैलाई सोध्नु । सरकार ढल्दैन् ।’ उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति आफू इमानदार रहेको स्पष्ट पारेका थिए ।

पछिल्लो समय संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर कांग्रेस नेताहरुले प्रश्न उठाएको र सरकार ढल्ने हल्ला चलिरहेको बेलामा देउवाको यस्तो भनाई आएको हो । संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको विषयमा पनि देउवाले छलफल गरिसकेको बताईन्छ ।

देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले अहिले संशोधनको लागि गृहकार्य गरिने हो र सबैको सहमति नजुटे कांग्रेस र एमालेको बहुमत आएपछि संशोधन गर्ने कुरा गरेको प्रष्ट पारेका थिए । ओलीले आफूले केन्द्रीय कमिटी बैठकमा बडो प्रष्टसँग कुरा राख्दापनि आफ्नै नेताहरुले यो विषय बाहिर ल्याएकोमा भने असन्तुष्टि पोख्ने गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्