काठमाडौं, माघ २ । आज समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड सत्ताच्युत भए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो । बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउनका लागि आज बैठक बोलाइएको छ ।
जसका लागि चार दल आबद्ध समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बसेको थियो । नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठसहित नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले तयार पारेको प्रतिबेदन माथी छलफल हुने जनाएको छ ।