काठमाडौं, २ माघ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका यादव पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग बिच्किएका छन् ।
उनलाई मोर्चामा सामेल गराउनको लागि प्रचण्डले लगातार प्रयास गरिरहेका छन् । यसको लागि उनले माधव नेपाललाई जिम्मा दिएका छन् । आज विहान बसेको संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठकमा समेत उपेन्द्रलाई मोर्चामा ल्याउने विषयमा दाहाल र नेपालबीच कुराकानी भएको थियो ।
यादवले भने आफ्नो पार्टी फुटाउनको लागि प्रचण्डले नै निर्णायक भूमिका खेलेको भन्दै तत्काल सहकार्य नगर्ने मुड बनाएका छन् । file photo