काठमाडौं, माघ ३ । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रविसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट २ करोड रुपैयाँ बढीको क्षति भएको छ ।
काठमाडौं, माघ ३ । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रविसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट २ करोड रुपैयाँ बढीको क्षति भएको छ ।
आगलागीबाट बाह्रबीसेमा पाँच वटा घर जलेर नष्ट भएको थियो । आगो नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । गाउँपालिका अध्यक्ष भिम सिङ्थाका अनुसार घरमा रहेको गरगहना, लत्ताकपडा र खाद्यान्न कसैले झिक्न पाएनन् ।
आगलागी पीडितलाई सभापोखरी गाउँपालिकाले राहत बितरण गरेको छ । गाउँपालिकाले उनीहरुलाई दुई सेट ओड्ने ओछ्याउने, भान्सामा प्रयोग हुने सामाग्री र खाद्यान्न बितरण गरेको हो । अग्नी पीडित आफन्त र छिमेकीकोमा बसेका छन् ।
आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बु, शुशिल तामाङ्ग र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आगलागीबाट पाँच घरका कम्तिमा १७ जना विस्थापित भएका छन् ।
बुधवार दिउँसो २ बजे देखि रामबहादुर राईको घरवाट आगलागी शुरुभएको थियो । पाँचवटै घर ढुंगामाटोले बनेकाले आगलागीमा क्षति भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।