Logo

विपक्षी गठबन्धनले भन्यो : अहिलेको गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाईसक्यो



काठमाडौं, ३ माघ । संसद्मा रहेका विभिन्न ६ दलले कांग्रेस-एमाले नेतृत्वको वर्तमान गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको दाबी गरेका छन् । भोलि (शुक्रबार) विपक्षी गठबन्धनमा रहेका दलहरुले संयुक्त वक्तव्य जारी गर्दैछन् । त्यसको लागि तयार पारिएको वक्तव्यको मस्यौदामा सरकार सञ्चालनको लागि अहिलेको गठबन्धनले नैतिक आधार गुमाएको निश्कर्ष निकालिएको छ ।

आजपाका अध्यक्ष प्रभु साह, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त हस्ताक्षरसहित जारी गर्ने उक्त वक्तव्यमा अहिलेको सरकार बहुमतको दम्भमा एकपछि अर्को जनविरोधी कदम चाल्न उद्धत रहेको निश्कर्ष निकालिएको छ ।

विपक्षी दलहरुले सरकारले हालै ल्याएका विभिन्न अध्यादेश खारेजीको मागसमेत गरेका छन् । अहिलेको सरकारले भ्रष्टाचारविरोधी अभियानलाई पूरै अवरुद्ध गरेको पनि विपक्षी दलहरुको आरोप छ । सरकारले तत्काल हिउँदे अधिवेशको आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशन लागि एकढिक्का भएर अघि बढ्ने पनि उनीहरुको घोषणा छ । file photo



प्रतिक्रिया दिनुहोस्