काठमाडौं, ४ माघ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सवारीसाधनको अवस्था ठीक छैन भने तत्काल मर्मत र सरसफाई गराउन भनेका छन् । उनले प्रदुषणको मात्रा धेरै भए तत्काल मर्मतसम्भार गर्न भनेका छन् । महानगरले ट्राफिक प्रहरीको सहकार्यमा सवारी सधानहरुको प्रदुषण जाँच गरिराखेको जानकारी गराउँदै मेयर शाहले यस्तो आग्रह गरेका हुन् ।
उनले फेशबुकमा लेखेका छन्–
के तपाईको सवारी साधन को अवस्था ठिक छ , प्रदुषणको मात्रा धेरै छ । अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला । हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरि राखेको छौ ।
महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ ।
मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४।५ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ ।
तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४।५ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४।५ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व ९स्मोक डेन्सिटी० अधिकतम ७५ हर्टिज स्मोक युनिट ९एचएसयु० हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ । जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।