Logo

अध्यादेशको गर्भबाट जन्मिएकाले नै अध्यादेशको विरोध गरे : राजन भट्टराई



काठमाडौं, ६ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले अध्यादेशको गर्भबाट जन्मिएका दल र ती दलका नेताहरुले अध्यादेशको विरोध गरेको टिप्पणी गरेका छन् । उनले माधव नेपाललक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन् । माधव नेपाल नेतृत्वको दल अध्यादेशको सहारामा जन्मिएको थियो । अहिले सरकारले विभिन्न पाँच वटा अध्यादेश ल्याएपछि माधव नेपाललगायत नेताहरुले आलोचना गरेको विषयमा भट्टराईको यस्तो धारणा आएको हो ।

उनले फेशबुकमा लेखेका छन्–
अध्यादेशको विरोध ती नेता र दलले गरेका छन् जसको जन्म नै अध्यादेशको गर्भबाट भएको छ । अध्यादेश ल्याउन हुन्न भन्ने मान्यता हो भने ती दलले नयाँ जन्म लिन पर्यो । होईन भने बहस अध्यादेशले समेटेका विषयहरुमाथि हुनपर्यो ।



प्रतिक्रिया दिनुहोस्