काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले व्यक्तिगत खेल स्पर्धामा विश्वविजेता जन्माउन सक्ने विश्वास लिएका छन् । व्यक्तिगत स्पोर्ट्समा विश्वविजेता बन्ने खेल चेस हुनसक्ने र त्यसको सम्भावना असीमित रहेको थापाको भनाई छ ।
विद्यालयको पाठ्यक्रममा चेसलाई समावेश गरेर बालबालिकामा मानसिक विकास, रणनीतिक सोच र समस्या समाधानको क्षमतालाई प्रोत्साहन गर्न सकिने पनि उनको विश्वास छ । त्यही सम्भावनाबारे आफूले छलफल गरेको थापाको भनाई छ ।
थापाले लेखेका छन्–
नेपालले individual sports मा विश्व विजेता जन्माउन सक्छ, र चेस जस्तो खेलमा त्यसको सम्भावना असीमित छ। विद्यालयको पाठ्यक्रममा चेसलाई समावेश गरेर हाम्रो बालबालिकामा मानसिक विकास, रणनीतिक सोच र समस्या समाधानको क्षमतालाई प्रोत्साहन गर्न सकिन्छ भन्ने सम्भावनाको पनि छलफल भयो। कार्यक्रममा निम्तो दिएर बोलाउने KMAG Technology का लक्ष सापकोटा र सम्पूर्ण आयोजकलाई यो प्रयासको लागि धन्यवाद !