Logo

कांग्रेस र माओवादीबीच सहकार्य भयो भने सरकार ढल्छ, तर प्रचण्डले सरकार ढाल्न सक्नुहुन्न : सूर्य थापा



काठमाडौं, ९ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले कांग्रेस र माओवादीबीच सहकार्य भयो भने अहिलेको सरकार ढल्ने बताएका छन् । तर, आफूले अहिले कांग्रेस र माओवादीबीचको सहकार्यको सम्भावना भने नदेखेको थापाको स्पष्टोक्ति छ ।

आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग अहिले विपक्षी दलहरुको संख्या जोड्दा जम्मा ८१ सांसद रहेको भन्दै त्यो संख्या सरकार ढाल्न पर्याप्त नहुने बरु संसद्को अधिवेशन बोलाउनमात्रै योग्य रहेको टिप्पणी गरे ।

पत्रकार धमलाले तत्कालै कांग्रेस र माओवादीबीच सहकार्य हुने सम्भावना के देख्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भने–‘कांग्रेस र माओवादीबीच सहकार्य भयो भने त सरकार ढल्छ । तर, मैले त्यो सम्भावना देखेको छैन् । किनभने प्रचण्डजीले चैत्रको हुरी सिर्जना गर्न खोज्नुभएको छ । यो माघ महिना हो । यो उहाँले सोचेजस्तै हुँदैन् । उहाँले सरकार ढाल्न सक्नुहुन्न ।’ उनले प्रचण्डले सक्ने भएको भए त अहिलेको सरकार ढालिसकेको हुनेथियो भन्ने सम्झाए । सरकार ढाल्न नसकेर नै प्रचण्डले बाहिर बाहिर बोलेर हिँडेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्