काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले पार्टी सुस्त नभएको दाबी गरेका छन् । पार्टी मुख्यालय सानेपामा आयोजित सम्वाद गोष्ठीमा सहभागी भएर निस्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले भने,‘हाम्रो पार्टीको अभियान सुरुमा अलिकति बाढि, पहिरोले गर्दा सुस्ताएको थियो । अहिले चलायमान भएको छ । कार्यक्रमहरुपनि भैरहेका छन् ।’
उनले अहिले कांग्रेसले मुलुकलाई सही तवरले अघि बढाएको र सही दृष्टिकोण राखेको दाबी गरे । उनले देशैभरि नेता दौडिएरमात्रै देश नबन्ने बताए । उनले अहिलेको सरकारका कामलाई आफूहरुले सहयोग गर्दै जाने सुनाए । उनले भने,‘सरकारको बारेमा धेरै टिप्पणी गर्दिनँ, तर हामीले सरकारलाई रचनात्मक सहयोग गर्दै जाने हो ।’
उनले सरकारको बारेमा सत्तापक्षका सांसदहरुबाट नै आलोचना भएको गलत भएको टिप्पणी गरे । उनले सरकारलाई ठीक ढंगले अघि बढाउनुपर्ने बताए ।