काठमाडौं, ९ माघ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को आसन्न २३औं महाधिवेशनमा उपाध्यक्ष (छात्रा) मा ममता अधिकारीको उम्मेद्वारी परेको छ । अधिकारीले शिक्षा अधिकारको सुनिश्चित्ताको लागि आफ्नो उम्मेद्वारी परेको दाबी गरेकी छिन् । कालिकोटको सानित्रिवेणी गाउँपालिका वडा नम्बर १ की अधिकारीले विद्यार्थी राजनीतिको सुरुवातदेखि नै विद्यार्थीहरुको हकहितकोल ागि लड्दै आएकी छिन् ।
अधिकारीले आफ्नो प्राथमिकतासमेत सार्वजनिक गरेकी छिन् । जसमा सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा पहुँचमा पु¥याउनका लागि पहल गर्नेदेखि विद्यार्थीहरूको हकहितको संरक्षण गर्नेसम्मका एजेण्डा समेटिएका छन् । उनले छात्रवृत्ति, शैक्षिक शुल्क र रोजगारीका अवसरहरूमा समान पहुँचको सुनिश्चितता गराउनको लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
यस्तै, शैक्षिक सुधारका लागि पनि ठोस पहल गर्ने उनको भनाई छ । उनले भनिन्–‘अहिलेको शिक्षामा अनुसन्धान, प्रविधिको उपयोग र सैद्धान्तिक तथा व्यावहारिक ज्ञानको तालमेल मिलाउन आवाज म उठाउनेछु । विद्यार्थी समुदायको नेतृत्व विकासमा मेरो अग्रणी भूमिका रहनेछ ।’ अधिकारीले विद्यार्थी आन्दोलन र समाज रूपान्तरणको यात्रामा आफू सधैं खरो रुपमा प्रस्तुत हुनेपनि प्रतिबद्धता जनाएकी छिन् ।
उनले सम्पूर्ण विद्यार्थीहरुको आवाज बनेर विद्यार्थी हितमा क्रियाशील हुने आफ्नो अठोटसमेत सुनाएकी छिन् । आफ्नो उम्मेद्वारीबारे थप प्रकाश पार्दै अधिकारीको अपिल छ,‘म तपाईंहरू सबैसँग सहकार्यको अपेक्षा गर्दछु। मलाई तपाईंहरूको समर्थन, सल्लाह र सुझावले अझ सक्षम र प्रेरित बनाउनेछ। हामी मिलेर मात्रै समृद्ध शिक्षा र समानताको लक्ष्यमा पुग्न सक्छौं।’