Logo

रेल दुर्घटनामा चार नेपालीको निधन



काठमाडौं, माघ १०। भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीले ज्यान गुमाएका छन् । पाँच जना घाइते भएको उक्त दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा ११ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक मध्ये हालसम्म सात जनाको सनाखत भएको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्