काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले आफूहरुले प्रमुख प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भनेर मागेको स्पष्ट पारेका छन् ।
अहिले सार्वजनिक लेखा समिति सरकारको लाचार छायाँ बनेकोले आफूहरुले उक्त समितिको सभापति दाबी गरेको उनको दाबी छ। आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले समितिको सभापति नपाए सदन नै अवरोध गर्छु भनेर नभनेकोपनि स्पष्ट पारे ।
उनले अब जनतालाई समृद्ध बनाउने अभियानमा सबै जुट्ने बेला भएको बताए । उनले अहिले सरकारले ल्याएका अध्यादेश तत्काल खारेज हुनुपर्ने बताए । उनले आफूहरुले अब बस्ने सदनमा यो विषय जोडदार रुपमा उठाउनेपनि स्पष्ट पारे । सांसद दाहालले राज्यका सार्वजनिक रुपमा प्रदान गर्ने सेवा लिनको लागि जनताले घुस दिनुपरेको पनि सुनाए ।