काठमाडौं, १० माघ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले मुलुकमा लोकतन्त्र नभएको टिप्पणी गरेका छन् । उनले अहिले देशमा विद्यमान चलिरहेको व्यवस्थालाई दलतन्त्रको संज्ञा दिए । उनले अहिलेको व्यवस्था र सिस्टम च्यात्नुपर्नेमा जोड दिएका छन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरुले परिवर्तनको लागि काम गरिरहेको बताए । उनले आफू धरानको मेयर भएपनि ३५ वर्षसम्म कसैले गर्न नसकेको काम गरेर देखाएको दाबी गरे ।
उनले आफूले धरानका जनताको विकासको लागि काम गरिरहेको सुनाए । साम्पाङले आफूले जति अरु महानगरपालिकाले काम गर्न नसकेको दाबी गरे । उनले आफूले श्रमदान गरेर र दुःख गरिगरि काम गरेको बताए । उनले केन्द्र सरकारले यो वर्ष के ठूलो काम गर्यो त ? भन्दै प्रश्न तेर्साए ।