Logo

अर्थमन्त्री पौडेलको दाबी : सरकार कुनैपनि बहानामा ढल्दैन



काठमाडौं, १० माघ। अर्थमन्त्री विष्णु पौडेलले सरकार टिकाउनुमात्रै आफूहरुको कर्तव्य नभएको बताएका छन् । उनले सरकारलाई सफल बनाउनु आफूहरुको जिम्मेवारी भएको पनि बताएका छन् । पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार कुनैपनि बहानामा नढल्ने दाबी गरेका छन् ।

सम्बोधनको क्रममा उनले भनेका थिए,मुलुकमा बढेको अस्थिरता र व्यथितिको अन्त्यगरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने छ । सरकार टिकाउने मात्रै हाम्रो कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी हो ।

मन्त्री पौडेलले अहिले एमालेप्रति जनताको विश्वास बढेको दाबी गरे । उनले थपे-“हामीप्रति बढेको जनताको विश्वासलाई आत्मसात् गर्दै मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा जुट्न म आम नेता तथा कार्यकर्तालाई आग्रह गर्न चाहन्छु । साथै नीति र नेतृत्वप्रति अफवा फैलाउनेविरूद्धमा सङ्गठित भएर प्रतीकार गर्न पनि आग्रह गर्दछु ।” file photo



प्रतिक्रिया दिनुहोस्