Logo

दुधौली नगरपालिकामा ६ महिनादेखि सेवाग्राहीमा मारमा, प्रमुख प्रशासकीय अधिकृत बेपत्ता



काठमाडौं, ११ माघ । सिन्धुलीको दुधौली नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद चुलिँदा ६ महिनादेखि सेवाग्राही मारमा परेका छन् । मेयर दिनेश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीबीच मतभेद चर्किएपछि अहिले नगरपालिका प्रमुख प्रशाकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदी विगत ६ महिनादेखि अनुपस्थित् रहेको जनाईन्छ ।

सोही नगरपालिकाका युवा अनिलकुमार महतोले आफूहरु अहिले नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको विवादको कारण सेवा लिनबाट बञ्चित हुनुपरेको गुनासो पोखे । रिपोर्टर्स नेपाल डटकमसँग्को कुराकानीमा उनले भने,‘एउटा जरुरी सिफारिशको काम लिएर नगरपालिकाको चक्कर काटेको आज धेरै दिन भयो, काम हुँदैन् । नगरप्रमुख र प्रमुख प्रशाकीय अधिकृतको झगडाले अहिले सेवा नै ठप्प भएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले तलवसमेत पाउन नसकेको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्