काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । माघ १३ गते आइतबार दिउँसो २ बजे बस्नेगरि संसदीय दलको बैठक बोलाइएको हो ।
संसद्को अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ । संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाईएको छ । सभापति देउवाले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशको पक्षमा दृढताका साथ उभिन सांसदहरुलाई निर्देशन दिने भएका छन् ।