काठमाडौं, माघ १३ । अछामको ढकारी गाउँपालिका–८ घोडासैनमा दुई किशोरी जंगलमा मृत फेला परेका छन् । ढकारी गाउँपालिका–१ मा रहेको छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव भेटिएको हो ।
मृतक दुबै जना किशोरी नाताले फुपू–भदै हुन्। प्रहरीका अनुसार सरस्वती र ईश्वरी शुक्रबार गाईवस्तु चराउन जंगल गएका थिए। तर, साँझसम्म घर नफर्किएपछि गरिएको खोजीका क्रममा दुबै जना मृत फेला परेका हुन् ।