Logo

भारत-चीनबीच हवाई सेवा र पुनः कैलाश मानसरोवर यात्रा सुरु गर्ने सहमति



काठमाडौं, माघ १५। चीन र भारतबीच कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति भएको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीको चीन भ्रमणको क्रममा मिस्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्तापछि ६ बुँदे सहमति भएको हो । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने लगायत ६ बुँदे सहमति भएको जानकारी दिएको हो ।

कैलाश मानसरोवर यात्रा र दुई देशबीच सीधा हवाई सेवा सन् २०२० देखि बन्द छ । सीमा विवादका कारण सम्बन्ध बिग्रिएपछि र कोभिड महामारी त्यसको कारण थियो । सन् २०२० मा गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएपछि सम्बन्ध बिग्रिएको थियो । त्यस्तै भारत–चीन बीच सीधा हवाई सेवा पनि छिट्टै सुरु गरिने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्