Logo

अस्पताललाई उपकरण हस्तान्तरण



चितवन, १५ माघ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । ‘हेल्पिङ हेल्ड फर रिलिफ एण्ड डेभलपमेन्ट’ संस्थाले ५९ लाख बराबरका सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।

ग्रामीण महिला विकास केन्द्र (आरडब्लुडिसी)ले हेल्पिङ हेल्डबाट प्राप्त ती सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो । केन्द्रका अध्यक्ष छलिकुमारी शर्मा र परियोजना व्यवस्थापक कृष्णहरी सापकोटाले अस्पतालका अध्यक्ष डा विजय न्यौपाने र कार्यकारी निर्देशक डा शिवजी पौडेललाई एक सय ५३ प्रकारका सामग्री हस्तान्तरण गरो हुन् ।

अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले सहयोगी दाताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । अस्पताललाई सरकारले दिने रकम घटाउँदै लगेको तर सेवा सुविधा बढाउँदै लैजानु परेको गुनासो गर्दै डा पौडेलले दाताको सहयोगले विपन्नको उपचारमा मद्दत पुग्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्