Logo

सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान



काठमाडौँ, १६ माघ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूप्रति श्रद्धसुमन व्यक्त गरेकी छिन् ।

सहिद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका लागि जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र धर्मभक्त माथेमालगायत सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूको योगदान अमर रहेको बताएकी छिन् ।

“सहिद दिवसमा सहिदहरूको बलिदान र योगदानको कदर गर्दै राष्ट्र निर्माणमा लाग्न र सहिदहरूको सपनालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दलका नेतृत्व, नागरिक समाजलगायत सम्पूर्णमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएकी छु”, एक्समा उनले लेखेकी छिन् । रासस



प्रतिक्रिया दिनुहोस्