
काठमाडौं, १८ माघ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अवरोध गरेका छन् । उनीहरुले आकस्मिक समयमा बोल्नको लागि समय माग गरेका छन् ।
तर, सभामुख देवराज घिमिरेले आज हिउँदे अधिवेशनको पहिलो दिन भएकोले दलीय आधारमा बोल्ने समय छुट्याएको भन्दै बोल्न दिएका छैनन् । तर, रास्वपाका सांसदहरुले अवरोध गरिरहेका छन् ।
उनीहरुले निरन्तर नियामावलीमा बसेर बोल्न पाउनुपर्ने माग गरेका छन् । सभामुखले भने अब बस्नको लागि अनुरोधले मात्रै नपुगेर आदेश नै दिएको भनेका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal



