
काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले अब क्रान्तिको इपिसेन्टर सिंहदरबार हुने घोषणा गरेका छन् । उनले आफू माओवादी र परिवर्तनकारी जनताहरुको आस्था, विश्वास र भरोसाको केन्द्र तिर्थधामको रुपमा रुकुम आएको स्पष्ट पार्दै यस्तो घोषणा गरेका हुन् ।
सातौ राष्ट्रिय सानीभेरी मोराखारा गरिल्ला म्याराथुन तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । उनले भने,सहिदको रगतले महान जनयुद्धको नक्साङ्कन रुकुम रोल्पावासी जनताले गर्नुभएको थियो । आजकै दिन तपाईहरुले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा महान जनयुद्धको सिल्यान्यास गर्नुभएको थियो । बुदिष्टहरुको लम्बिनी हिन्दुहरुको पशुपाती र किराती लिम्बुहरुको मुकमुलुङ कृष्चनको चर्च र मुस्लीमको मस्जितजस्तै । हामी माओवादी र परिवर्तनकारी जनताहरुको आस्था विश्वास र भरोसाको केन्द्र तिर्थधामको रूपमा रुकुम आएको हुँ । यो तिर्थधामसामु शिर झुकाएर सत्य सत्य धरोधर्म चारवटा कुरा बसाउन आएको छु । पहिलो – पूर्वको प्राचिन किरात सभ्यता र कर्णालीको खस सिंजा सम्यतालाई जोडन र सांस्कृतिक पूल निर्माणको सर्भे गर्न आएको हुँ । दोस्रो–रुकुम रोल्पा ईपिसेन्टर बनाएर उठेको क्रान्तीको ज्वारभाटा यदी हामी पूर्वले पनि त्यो उचाईलाई छुन सकेको भए क्रान्ति अर्कै ढंगले सम्पन्न हुने थियो तर पूर्वले पश्चिमको उच्चाई समाउन सकेनौ, त्यसको लागि क्षमा माग्न आएको हुँ । तेस्रो – यतिवेला जनयुद्धको उपलब्धी माथी गम्भिर हिंसा हुँदैछ यसको रक्षाको निम्ति सहिदको रगतले रंगिएको यो माटो जनयुद्धको केन्द्रविन्दु माथी उभिएर म भन्न चाहान्छु। हामी माओवादीहरु एउटै धुनुषवाट छुटेका तिरहरु हौ, अव हामी एक हौं भनेर अपिल पनि गर्छु । आजसम्मका हाम्रो अनुभवलाई ईतिहासको दस्तावेज बनाउँ हाम्रो एकताको मन्चवाट त्यसलाई घोषणा पत्रको रूपमा जारी गरौं। भन्नु आएको हुँ ! चौथो –यो व्यालेडको लडाईमा विजय हासिल गर्दै सिंहदरवारलाई क्रान्तीको ईपिसेन्टर बनाउन अव पूर्व – पश्चिम एकैचोटी उठौ भन्ने सल्लाह गर्न आएको हुँ ।”
उनले १८ महिना अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा लडाईको अन्तिम रेकि गरेर आएको सुनाउँदै समृद्धि र सुशासनको बाटो हुँदै समाजवादको गन्तव्यमा पुग्न सकिने विश्वास दिलाए । उनले भने,हामी विकास समृद्धी र सुसासनको वाटो हुँदै समाजवादको गन्तव्यमा पुग्नु छ तर त्यसको सव भन्दा ठूलो शत्रु भ्रष्टाचार हो। देशवाट भ्रष्टाचारको जराकिला उखालेर मिल्काउनुछ अध्यक्ष क. प्रचण्डको नेतृत्वमा लडाई शुरु भैसकेको छ। यो लडाईमा हामी सहिद हुन तयार छौं । हामीले नै भ्रष्टाचार गरेका छौ भने पनि जेल हाल्न र जान दुवै तयार छौं। अव जनता र देशलाई भ्रष्टाचार अशिक्षा गरिवी सह्य हुनेछैन । तर भ्रष्टाचारलाई परास्त गर्न सदाचारी पार्टी निर्माण गर्नुपर्छ, पार्टीलाई जीवित राख्न शक्तिशली बनाउन हामी सम्पूर्ण कार्यकर्ता प्रश्नको कारखाना बनौ । एकताको पनि रसायन बनौ ।”