
काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका नेताहरु महेन्द्र यादव (धनुषा) र कृष्ण प्रसाद यादव (रौतहट) सम्धी बन्ने भएका छन् । महेन्द्रका छोरा विकास यादवसँग कृष्णाका छोरी सुस्मिता यादवको विवाह हुने भएको हो ।
यी दुवै नेता एउटै पार्टीमात्रै होईन, एउटै गुटमा छन् । दुवै नेता सभापति शेरबहादुर देउवाका प्रिय मानिन्छन् । महेन्द्र यादव पाटीको सह-महामन्त्रीको जिम्मेवारीमा छन् । उता, कृष्णा भने मधेश प्रदेशका सभापति हुन ।
महेन्द्रका छोरा र कृष्णाकी छोरी दुवै पेशाले चिकित्सक हुन् । वरबधूलाई आशिर्वाद दिनको लागि सभापति देउवा जाने तय भएको छ ।