Logo

रास्वपा राजसंस्थाको पक्षमा छैन, हामी गणतन्त्र मानेर हिँडेका हौं : सांसद चन्दा कार्की (भिडिओसहित)



काठमाडौं, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले आफ्नो पार्टी राजसंस्थाको पक्षमा नभएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘रास्वपा राजसंस्थ ल्याउनुपर्छ भन्ने पक्षमा छैन । हामी चाहीँ लोकतान्त्रिक गणतन्त्र मानेर हिँडेको पार्टी हो । त्यही नै मान्दछौं आजको मितिमा ।’

सांसद कार्कीले अहिलेको सरकारले काम नै गर्न नसकेको आरोप लगाईन् । हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रधानमन्त्री केपी शर्मा ओली क्षमतावान र काबिल व्यक्तित्व भएपनि अहिले गलत दिशातर्फ हिँडेको हो कि भन्ने आशंका व्यक्त गरिन् ।

उनले भनिन्,‘उहाँ धेरै राम्रो मान्छे हो । जिनियस मान्छे हो । उहाँको सबै कुरा हामीले पनि अलि अलि पढ्छौं । त्यो हेर्दा जिनियस हो । तर, उहाँ मेरो एक्सपेक्टेशनमा आउनुभएको छैन् । ग्रे–लिष्टको कुरा गर्दा पहिलाको सरकारले पनि जिम्मेवारी लिनुपर्छ ।’ उनले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि पनि अहिलेको सरकारले पूर्वाग्रह राखेर दुःख दिएको आरोप लगाईन् ।

उनले अब नयाँ जोश र जाँगर भएको युवा व्यक्ति सरकारको नेतृत्वमा आउने वातावरण बनाउनुपर्ने भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गरिन् । उनले अहिलेका शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल तीनै जना नेताको विकल्प खोज्नुपर्ने र उनीहरु असफल भैसकेको दाबी गरिन् ।



प्रतिक्रिया दिनुहोस्