Logo

समाजवादी मोर्चाको बैठक जारी, माधव नेपाल गएनन्



काठमाडौं, चैत १ । समाजवादी मोर्चाको बैठक जारी रहेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा चैत १५ गते हुने विरोधसभाको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित छैनन्। बैठकमा माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी छन्। एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन्। यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्द सहभागी छन्।   

मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ । सो विषयमा पनि आजको बैठकमा छलफल हुने छ । यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोधसभा स्थगित भएको थियो ।

फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा गर्ने विपक्षी नेताहरुले बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्