Logo

प्रस्तावित युद्धविराम वार्तापछि पनि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी



काठमाडौं, चैत ३ । रुस र युक्रेनले शनिबार रातभर भारी एकअर्काप्रति लक्षित गर्दै हवाई प्रहारहरू गरेका छन् । दुवै पक्षले आ-आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएको रिपोर्ट गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा ३० दिने युद्धविरामको अमेरिकी प्रस्तावको विवरणहरूबारे छलफल गर्न अमेरिकी दूत स्टिभ विटकफसँग भेट गरेको २४ घण्टाभन्दा कम समयमा यो आक्रमण भएको हो ।

बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै पुटिनले सिद्धान्ततः युद्धविरामलाई समर्थन गर्ने तर यसमा सहमत हुनुअघि स्पष्ट पारिनु पर्ने धेरै विवरणहरू प्रस्तुत गरेका छन् ।

किएभले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ । यद्यपि युक्रेनी अधिकारीहरूले मस्कोले त्यस्तो सम्झौतामा प्रतिबद्ध हुनेछ कि छैन भन्ने बारेमा सार्वजनिक रूपमा आशङ्का व्यक्त गरेका छन् ।

शनिबार एक वक्तव्यमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मस्कोलाई सीमा नजिक सेना जम्मा गरेको आरोप लगाएका छन् ।

युक्रेनी नेताले अमेरिकी भनाइपछि रूसको कुस्र्क क्षेत्रमा किएभको सेनाले आफ्नो उपस्थिति कायम राखेको कुरामा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘हजारौँ’ युक्रेनी सेना रूसी सेनाले घेरिएको बताएका थिए ।

युक्रेनको वायुसेनाले शनिबार रुसले रातभर एक सय ७८ वटा ड्रोन र दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यो आक्रमण शाहेद-प्रकारका आक्रमणकारी ड्रोनहरू र हवाई सुरक्षालाई भ्रमित पार्न डिजाइन गरिएका नक्कली ड्रोनहरूको मिश्रण थियो ।

करिब एक सय ३० वटा ड्रोनलाई गोली हानेर खसालिएको थियो भने थप ३८ वटा आफ्नो लक्ष्यको बाटोमा हराएका थिए । रुसले ऊर्जा सुविधाहरूमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको युक्रेनको निजी ऊर्जा कम्पनी डिटिइकेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्