
काठमाडौं, ३ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पक्षमा माहोल बनाउनको लागि आवश्यक गृहकार्य थालेका छन् । पोखराबाट काठमाडौं आउँदा २५ फागुनमा देखिएको जनलहरको कारण ज्ञानेन्द्र हौसिएका छन् । उनी निर्मल निवासमा शान्तसँग बसेका छन् । तर, आफू पक्षधरलाई भने अशान्ति छरिदिएका छन् ।
उनका समर्थकहरु दिनदिनै सडकमा उत्रिने मुडमा छन् । अहिले विगतमा ज्ञानेन्द्रसँग नजिक भएर काम गरेकाहरु पनि एकताबद्ध हुन थालेका छन् । हालै राप्रपाका नेता तथा सांसद पशुपतिशमशेर जबराको निवासमा राजावादीहरुको बैठक बसेको बताईन्छ ।
राष्ट्रिय पञ्चायतका अन्तिम अध्यक्ष नवराज सुवेदीसमेत पशुपतिशमशेरको विजया दरबारमा सरिक थिए । उनै सुवेदीको नेतृत्वमा राष्ट्रवादीहरुलाई एक ठाउँमा ल्याउने भनिएको छ । कतिसम्म भने सिपी मैनालीलाई समेत जोड्न्गरि उक्त बैठकमा छलफल चलेको बताईन्छ ।
अहिले ज्ञानेन्द्र शाहले राजावादी पाका नेताहरुलाई आँफै फोन कल गरेको उच्च स्रोतको दाबी छ । राजसंस्थ पूनस्र्थापनाको लागि आवश्यक परे आँफै सडकमा उत्रिनेसम्म उनको तयारी छ । स्वगतको लागि त हजारौंको संख्यामा जनताको साथ पाएको भन्दै आँफै सडकमा उत्रिएर राजतन्त्रको लागि आह्वान गर्दा लाखौं जनताले साथ दिने उनको बुझाई छ ।
एक/दुई साता राजावादीहरुको नाडी छाम्ने र उनीहरुबाट पार लाग्ने अवस्था नआए आँफै सडकमा उत्रिनपनि पछि नहट्ने उनको तयारी रहेको स्रोतको दाबी छ । file photo