Logo

शक्तिशाली दीपक भट्टको दबाब थेग्न अर्थमन्त्री पौडेललाई हम्मेहम्मे, भाइ सुशिललाई गभर्नर बनाउन प्रस्ताव



काठमाडौं, ३ चैत्र । नेपालको राष्ट्रिय राजनीतिमा साझा प्रभाव छोड्ने व्यक्तिको रुपमा चिनिएका व्यापारी दीपक भट्ट आफ्नै भाइ सुशिल भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने दौडमा अगाडि छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार हुँदा दीपकले उनै सुशिललाई लगानी बोर्डको सिईओ बनाएका थिए । त्यतिवेला नेकपामा खुब विरोध भयो । उक्त निर्णय सच्याउन आधा दर्जन नेताले नेतृत्वसमक्ष दबाब नै सिर्जना गरेका थिए ।

तर, दीपक भट्टसामू गलेका तत्कालिन प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले निर्णय सच्याउने त परै जाओस दुःखेसो पोख्नेहरुको कुरासमेत सुन्न नचाहेको कुरा बाहिरिएको थियो । भट्टले लगानी बोर्डमा आफ्नो कार्यकाल पूरा गरेर बाहिरिएपछि अहिले उक्त ठाउँमा ओलीका प्रिय सुशिल ज्ञवाली आएका छन् ।

दीपक भट्टले भाइलाई जसरी पनि गभर्नर बनाउनुपर्ने दबाब बालुवाटार र बुढानिलकण्ठसम्म निरन्तर दिइरहेका छन् । दीपक भट्ट नेपालका मुख्य राजनीतिक दल कांग्रेस, एमाले र माओवादीको नेतृत्वसँग निकट मानिएका छन् । उनको प्रस्ताव यी तीनै पार्टीका मुख्य नेतृत्वले प्रायः काट्न सक्दैनन् । त्यसको रसायनबारे स्वयम ती दलका अरु नेताहरु अनभिज्ञ नै छन् ।

गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन नपाउँदै नयाँ गभर्नर बनाउने दौड चलेको हो । अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ ।अधिकारीलाई पनि प्रधानमन्त्री ओलीले नै २०७६ सालमा गभर्नर बनाएका हुन् । अहिले ओलीले आफ्नै दलसँग निकट व्यक्तिलाई नै गभर्नर बनाउन चाहेका छन् ।

ओली र अर्थमन्त्री विष्णु पौडेलसँग पनि निकट सम्बन्ध भएकै कारण दीपकले आफ्ना भाइ सुशिललाई गनर्भर बनाउन दबाब दिएका छन् । उनको दबाब थेग्नसक्ने अवस्थामा स्वयम अर्थमन्त्री पौडेलपनि नरहेको स्रोतको दाबी छ । आज÷भोलिभित्रै सरकार एउटा निर्णयमा पुग्नेगरि छलफल भैराखेको छ ।



प्रतिक्रिया दिनुहोस्