
काठमाडौं, चैत ४ । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा सरकार सञ्चालन, पार्टीका गतिविधि, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।