Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख ७५ हजार नाघ्यो



काठमाडौं, चैत ५ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ११ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सुन एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्