Logo

अन्ततः निर्वाचन आयोग पछि हट्यो, थापाको जित



काठमाडौं, ७ बैशाख । सत्तारुढ दल राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने पूर्व निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ ।

राप्रपाले आयोगले निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएपछि अन्ततः आयोग आफ्नो निर्णयबाट पछि हटेको छ । आयोगको यो निर्णयसँगै राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री कमल थापाको जित भएको छ ।

त्यस्तै आफ्नो निर्णयबाट निर्वाचन आयोग पछि हटेपछि राप्रपाले घोषित विरोधका कार्यक्रमहरु फिर्ता लिएको छ । राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराष्ट्र हटाउने निर्णय हालका लागि स्थगित गर्ने आयोगले निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्