Logo

एमालेले भन्यो,“जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन मिति सार्नुपर्दैन्”



काठमाठौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो चरणको घोषित मिति जेठ ३१ गतेको निर्वाचन अघि सार्नु नपर्ने बताएको छ । एमालेले यसअघि जेठ ३१ गतेको निर्वाचन जेठ १५ भन्दा अघि नै गर्नुपर्ने अडान लिएको थियो ।

शुक्रबार विहान नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा एमाले उपाध्यक्ष भीम रावलले जेठ ३१ गतेको निर्वाचनमा आफूहरुलाई कुनै आपत्ति नरहेको स्पष्ट पारे । उनले भने,“समय अब एकदमै कम छ, त्यसैले जेठ ३१ गते नै निर्वाचन गर्दा हामीलाई आपत्ति छैन् ।”

रावलले सरकारले जेठ १५ को बजेट ल्याउँदा निर्वाचन आचारसंहिता भने ख्याल गर्नुपर्ने जिकिर गरे । उनले थपे,“बजेट ल्याउँदा आचारसंहिता ख्याल गरियोस्, पपुलिष्ट बजेट ल्याउन पाईँदैन् ।”
त्यस्तै रावलले सरकारले संविधान संशोधनको लागि आन्तरिक गृहकार्य गरेपनि आफूहरु अहिले संशोधनको पक्षमा नभएकोले कुनै सहयोग नगर्ने स्पष्ट पारे । उनले भने,“अहिले संशोधन गर्ने बेला होईन, यो झमेलामा मुलुकलाई फसाउनुहुँदैन्, सरकारले यसमा बुद्धि पुर्याओस्।”



प्रतिक्रिया दिनुहोस्