Logo

२४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने सरकारको निर्णय



काठमाडौं, ८ जेठ । स्थानीय तहको संख्या थपघट गर्न गठन भएको कार्यदलले बीरगंज र बिराटनगरलाई महानगरपालिका बनाउनुको साथै २४ वटा साविकका गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको छ।

सोमबार बसेको कार्यदलको बैठकले यस्तो सिफारिश गरेको हो । सरकारले स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजय कुमार गच्छदार नेतृत्वको कार्यदल गठन गरी स्थानीय तहको संख्या थप्न एक कार्यदल गठन गरेको थियो ।

कार्यदलले २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।

गाउँपालिकालाई नगपरिपालिकामा स्तरोन्नती गरेका जिल्ला र संख्याहरु तल हेर्नुहोस :

झापा २, सिरहा १, रौतहट ११, धनुषा १, बारा १, रुपन्देही २, बाँके २, कैलाली १, महोत्तरी ३



प्रतिक्रिया दिनुहोस्