Logo

सरकारमा सहभागी हुन ओलीलाई देउवाको आग्रह, सर्वदलीय सरकार गठनबारे छलफल



काठमाडौं, ९ जेठ । आज मंगलबार दिउँसो १ बजे संसद बैठक बोलाइएको व्यवस्थापिका संसद्को बैठक दिउँसो ३ बजेको लागि तय भएको छ ।

संसद बैठक बस्नुअद्धि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेपछि बैठक ३ बजेको लागि लम्बिएको हो ।
विशेष कारणवश दिउँसो ३ बजेसम्मका लागि बैठक सरेको संसद् सचिवालयले जानकारी दिएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले

शीर्षस्थ नेताहरुको बैठक नसकेका कारण बैठक ३ बजेसम्मका लागि सारिएको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । आजको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

बालुवाटारमा बैठकमा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई तत्काल सरकारमा सहभागी हुनको लागि आग्रह गरेका छन् । बालुवाटार स्रोतले देउवाको भनाई उदृद्ध गर्दै स्रोतले भन्यो,‘कम्तीमा तीन तहकै निर्वाचन सम्पन्न गर्नको लागि सम्म भएपनि तीन दल मिलेर जानुपर्छ, मैले नेतृत्व गर्ने सरकारमा तपाईहरुपनि सहभागी हुनुपर्यो ।’



प्रतिक्रिया दिनुहोस्